गोरखा – गोरखामा कोरोना भाइरस बिरुद्वको खोप लक्ष्यकाे ६१ प्रतिशत मानिसले मात्र लगाएका छन् ।
पहिलो चरणकालागि छनौट भएका १ हजार ७०८ जना मध्ये १ हजार ५० जनाले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो । ‘हामी जिल्ला भरीको तथ्यांक निकाल्दा १७ सय ८ जनाले लगाउछन् भन्ने थियो तर १ हजार ५० जनाले मात्र खोप लगाएको’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपाले बताए ।
कार्यालयले भारत सरकारले प्रदान गरेको कोभिसिल्ड खोप जिल्ला भित्रका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्यमंसेविका, कार्यालय सहयोगी, फोहर ब्यवस्थापनमा खटिएका ब्यत्ति, शव ब्यवस्थापनमा खटिएका ब्यत्ति तथा एम्बुलेन्स र शव बहाना चालकहरु गरी कुल १ हजार ७०८ जनाले लगाउने तथ्यांक स्वास्थ्य कार्यालयले संकलन गरेको थियो ।
कार्यालयका सूचना अधिकारी न्यौपानेका अनुसार पहिलो पटक आईएमयूमा दर्ता भएका १ हजार ६१९ जनाको नाम दर्ता भएको थियो । स्वास्थ्य मन्त्रालयले छुट भएकाहरुको पनि नामावली पठाउन भने पछि दोस्रो पटक ८९ जनाको नाम समावेश गरी कुल १ हजार ७०८ जनाको नाम दर्ता भएको बताए ।
कार्यालयको रेकर्ड अनुसार जिल्लाको सबै भन्दा बढी गोरखा नगरपालिकाका १९९ जना र सबै भन्दा कम चुमनुब्रीका ४४ जनाले खोप सेवा लिएको छ । प्राप्त विवरण अुनसार धार्चेका ७९ जना, आरुघाटका ९५ जना र भिमसेन थापा गाउँपालिकाका ८५ जनाले खोप सेवा लिएको छ ।
त्यस्तै गरी शहिद लखन गाउँपालिकाका ८० जना, गण्डकीका ६९ जना, पालुङटार नगरपालिकाका १३९ जना, सिरानचोक गापाका १०२ जना, अजिरकोटका ७१ जना र बारपाक सुलिकोट गाउँपालिकाका ८७ जनाले खोप सेवा लिएका थिए ।
खोप सेवा लिने मध्ये सबै भन्दा धेरै महिला छन् । गोरखा अस्पतालमा खोप सेवा केन्द्र राखेर दिईएको खोपमा ७९४ जना महिला र २५६ जना पुरुषले सेवा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पहिलो चरण अन्तरर्गतको कोरोना बिरुद्वको खोप सेवा गएको १४ गते देखी १८ गते सम्म सञ्चालनमा ल्याईएको थियो ।




















