गोरखा – गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश सरकार तत्कालै ढल्न सक्ने संभावना कम रहेको बताएका छन् ।
गृह जिल्ला गोरखा आएका मन्त्री बस्नेतले जिल्लामा सञ्चारकर्मीहरु संग प्रदेश सरकार आफ्नो कार्यकालभरि नढल्ने दावी गरेका हुन् ।
आइतबार बिहान पत्रकार महासंघको भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले पुरै अवधी पृथ्वी सुब्बा गुरुङकै नेतृत्वको सरकार चल्ने उनले बताए । केहीले अंकगणितीय आधारमा अविश्वासको प्रस्ताव दर्ता गराएता पनि त्यसको कुनै अर्थ नहुने भन्दै बाँकी करिब २ बर्षको यो अवधी पृथ्वीसुब्बा गुरुङकै नेतृत्वमा सरकार चल्ने समेत बताए ।
पत्रकारहरुको जिज्ञासामा सरकारका प्रवत्ता समेत रहेका मन्त्री बस्नेतले आवश्यकता अनुसार केही मन्त्रीहरु हेरफेर भने हुनसक्ने बताए । मन्त्री बस्नेत ३ बर्षको यो अवधीमा पहिलो पटक पत्रकार सम्मेलन सहभागी भएका हुन ।




















