गोरखा – जिल्लामा आज थप २६९ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
पहिलो चरणको खोप अभियानको तेस्रो दिन २६९ जनाले कोराना बिरुद्धको खोप लगाएको गोरखा अस्पतालले पुष्टी गरेको हो ।
अस्पतालका सूचना अधिकारी कृष्ण ढकालका अनुसार जसमध्ये ११५ जना स्वास्थ्यकर्मी, ११५ जना महिला स्वास्थ्य स्वयमसेविका, ३७ जना कार्यालय सहयोगी र २ जनाले एम्बुलेसन्स चाललकले खोप लगाएका हुन् ।
खोप लगाएका मध्ये धार्चे गाउँपालिकाका ४९ जना, सिरानचोक गाउँपालिकाका ७ जना, चुमनुब्री गाउँपालिकाका २ जना, बारपाक सुलिकोट गाउँपालिकाका ४६ जना, अजिरकोट गाउँपालिकाका ४१ जना, पालुङटार नगरपालिकाका ४७ जना, आरुघाट गाउँपालिका ४६ जना, गोरखा नगरपालिका २८, शहिदलखन गाउँपालिका १ र भिमसेन थापा गाउँपालिका २ जनाले कोरोना बिरुद्वको खोप लगाएका छन् ।
यसअघि हिजो १५९ जनाले खोप लगाएका थिए । यो संगै गोरखा जिल्लामा कोरोना बिरुद्धको खोप लगाउनेको संख्या ५४४ पुगेको छ ।
खोप लगाएकाहरुमा अहिलेसम्म कसैलाई कुनै प्रकारको जटिल समस्या नदेखिएको सूचना अधिकारी ढकालले बताउनुभयो ।




















