गोरखा – जिल्लाको निवेल क्षेत्रमा पार्किङमा राखिएको जेसिवी मेशिनमा युवाहरुको एक समूहले आगजनी गरेका छन् ।
भिमसेन थापा गाउँपालिका १ को निवेलमा पार्किङमा राखिराखेको मेशिनमा युवाहरुको समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको हो ।
प्राप्त विवरण अनुसार आज (बिहिबार) दिउसो २ः४५ बजेको समयमा पहिचान नखुलेका युवाहरुको समूहले बिगत डेढ दुई बर्ष देखी पार्किङमा राखिरोको बा. २ क १७७ नम्बरको मेशिनमा आगजनी गरेका थिए ।
युवाहरुको समूह आगजनी पछि फरार रहेको र प्रहरीले उनीहरुको ब्यापक खोजी गरिरहेको गोरखा प्रहरी प्रमुख सुरेन्द्रबहादु गुरुङले बताए । आगलागीबाट मेशिनमा सामान्य क्षेति पुगेको स्थानियले बताए ।
आगलागी गरेको प्रत्यक्ष देखेका स्थानियले आगो नियन्त्रणमा लिए पछि प्रहरीलाई खबर गरेका थिए ।
साँकेतिक तस्बिर




















