गोरखा – जिल्लामा आज थप १५९ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
पहिलो चरणको खोप अभियानको दोस्रो दिन १५९ जनाले कोराना बिरुद्धको खोप लगाएको गोरखा अस्पतालले पुष्टी गरेको हो ।
अस्पतालका सूचना अधिकारी कृष्ण ढकालका अनुसार जसमध्ये ८७ जना स्वास्थ्यकर्मी, ६२ जना महिला स्वास्थ्य स्वयमसेविका र अन्य १० जनाले खोप लगाएका हुन् । खोप लगाएका मध्ये गोरखा नगरपालिकाका ४७ जना, शहिद लखन गाउँपालिकाका ३५ जना, भीमसेन थापा गाउँपालिका भित्रका ४३ जना, धार्चे गाउँपालिकाका १९ जना, आरुघाट गाउँपालिकाका ६ जना, सिरानचोक गाउँपालिकाका ७ जना र बारपाक सुलिकोट गाउँपालिका तथा चुमनुव्री गाउँपालिकाका १÷१ जनाले कोरोना बिरुद्वको खोप लगाएका छन् ।
यसअघि हिजो ११६ जनाले खोप लगाएका थिए । यो संगै गोरखा जिल्लामा कोरोना बिरुद्धको खोप लगाउनेको संख्या २७५ पुगेको छ ।
खोप लगाएकाहरुमा अहिलेसम्म कसैलाई कुनै प्रकारको जटिल समस्या नदेखिएको सूचना अधिकारी ढकालले बताउनुभयो ।




















