गोरखा – गोरखा धवादीघाटमा वेवारिसे शव फेला परेको छ ।
जिल्लाको गण्डकी गाउँपालिका ७ को धवादीघाट स्थित त्रिशुली नदी किनारमा वेवारिसे शव फेला परेको हो ।
अन्दाजी ४५ बर्षको पुरुषको मृत्त शरिर त्रिशुली नदीमा ढुङ्गामा अड्कीएको अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले पुष्टी गरेको हो ।
शवको कुनै पनि पहिचान खुल्न नसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको बिषयमा प्रहरीले अनुसन्धान थालेको छ ।




















