गोरखा – पृथ्वी नारायण साना शहरी खानेपानी आयोजना तथा सरसफाई उपभोक्ता संस्थाले गएको आर्थिक बर्षको हिसाब सार्वजनिक गरेको छ ।
संस्थाले पत्रकार सम्मेलन गर्दै गत आब २०७६÷२०७७ को आम्दानी तथा खर्च विबरण सार्वजनिक गरेको हो ।
संस्थाले गत बर्ष १ करोड २० लाख ६६ हजार ९७८ रुपैयाँको कारोवार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बिनोदबाबु अर्यालले जानकारी दिए ।
संस्थाको अधिकाश रकम बिद्युतमा खर्च हुने गरेको पनि कार्यक्रममा अध्यक्ष अर्यालले जानकारी गराए । गएको आर्थिक बर्षमा मात्र संस्थाको बिद्युत महसुल बापत ५८ लाख रुपैयाँ खर्च भएको थियो ।
संस्थाले खानेपानी महसुल, नयाँ सदस्यता शुल्क, जडान बिलम्ब शुल्क, मिटर बिक्रि, फर्म शुल्क, ठाउँसारी नामाारी, धरौटी शुल्क लगायतका बिषयमा उपभोक्ताहरुबाट शुल्क उठाउदै आएको छ ।
आयोजना निर्माण भएको १८ बर्ष भइ सक्दा सम्म पनि समितिलाई आयोजना हस्तान्रण गरिएको छैन । आयोजना पुरानो हुदा ४५ प्रतिसतसम्म पानी चुहावट हुने गरेको समितिले जनाएको छ ।
दैनिक १२ लाख लिटर पानी माग भएपनि अहिले ८ लाख लिटर पनि उपलब्ध गराउन सकेको छैन ।




















