गोरखा – जिल्लाको भिमसेन थापा गाउँपालिकाले हाते ट्याक्टर र कोदो कुट्ने थ्रेसर बितरण गरेको छ ।
पालिकाले आज ४७ थान ट्याक्टर र कोदो कुट्ने थ्रेसर ५० प्रतिशत अनुदानमा कृषक समूह, सहकारी र टोल बिकासलाई बितरण गरेको हो ।
पालिकाले बार्षिक कार्यक्रम अन्रतर्गत कृषि सामाग्री बितरण गरेको गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले बताए । कार्यक्रम अन्तरर्गत ४० वटा ट्याक्टर र ७ वटा कोदो कुट्ने थ्रेसर मेशिन बितरण गरिएको हो ।
५० प्रतिशत अनुदान अन्तरर्गत हाते ट्याक्टरकालागि २६ हजार ७५० र थ्रेसरकालागि २७ हजार ५०० रुपैयाँ पालिकाले खर्च गरेको हो ।
आजै पालिकाले ८ वटा वडामा राम्रो कोदो खेती गर्ने किसानलाई समेत सम्मान गरेको छ । प्रत्येक वडाबाट ५ जनाका दरले ४० जना किसानलाई जनही ५ हजार रुपैयाँ दिएर पालिकाले सम्मान गरेको हो ।




















