गोरखा – गोरखा बजारबाट एकै रातमा ३ वटा मोटरसाईकल चोरी भएको छ । आइतबार राती बराहबाट २ वटा र बिरेनचोकबाट १ वटा गरी ३ वटा मोटर साईकल चोरी भएको हो ।
गोरखा नगरपालिका ८ बराह क्षेत्रबाट बा. ८२ प ४४३८ को र लु. ६९ प ०९२४ काे सरकारी माेटर साईकल र बिरेनचोक क्षेत्रबाट लु. ६० प २५९० नम्बरको पल्सर कालो रातो रंगको चोरी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाको शहिद लखन गाउँपालिका ८ मैलुम घर भएका सुरेश पुलामीको बराह क्षेत्रमा रहेको भिनाजुको घरमा पार्किङ गरेर राखेको २२० को पल्सर र गोरखा नगरपालिका १० बिरेनचोकबाट बिशाल थापाको २२० को पल्सर घर अगाडी पार्किङबाट चोरी भएको हो ।
चोरी भएको क्षेत्रमा अहिले प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




















