गोरखा – नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतलाई सबै क्षेत्रले प्रभावमा पार्न खोजेको भन्दै त्यस्तो नगर्न आग्रह गरेका छन् ।
नेता पाण्डेले गोरखा सदरमुकाममा पत्रकारहरु संग कुरा गर्दै सर्वोच्चबाट संसद पुनः स्थापना हुने र चुनाव गराउने दुवै कुरा काल्पनीक भएको भन्दै कोही कसैले पनि अदालतलाई प्रभावमा पार्न नुहेन बताएका हुन ।
प्रेस यूनियन गोरखाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै गृह जिल्ला गोरखा आएका नेता पाण्डेले प्रधानमन्त्री स्वयंले र प्रधानमन्त्रीको कदम असंवैधानिक भन्ने सबैले अदालतलाई प्रभाव पार्न खोजेको भन्दै त्यस्तो नगर्न सबैलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवनमा भएको पत्रकार सम्मेलनमा काँग्रेस संसद पुनःस्थापना र चुनाव दुवै पक्षमा भन्दा पनि अदालतले दिएको निर्णयमा भर पर्ने बताए ।
फरक प्रसंगमा एउटै पार्टी भित्रका पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालमाथी प्रधानमन्त्री केपी शर्मा ओली प्रहार गरेपछी मात्र दाहाल–नेपालले ओली सर्वसत्ताबादी र तानाशाह भएको थाहा पाएको समेत बताए ।


