गोरखा – जिल्लाको पन्द्रुङमा रहेको एक बिद्यालयलाई गैर सरकारी संस्थाबाट शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
बारपाक सुलिकोट गाउँपालिका ८ पन्द्रुङको जराङमा रहेको व्रम्हाचारिणी आधारभुत विद्यालयलाई गोरखा–गाउँ वातावरण नेपाल नामक संस्थाले ल्यापटप, प्रोजेक्टर र फोटोकपी मेसिन सहयोग गरेको हो ।
संस्थाले बिधालयमा एक कार्यक्रम गरी उत्त सामाग्री प्रदान गरेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर गुरुङले बताए । विद्यालयलाई प्रविधिमैत्री वनाउने अभियान स्वरुप उत्त सामाग्री प्रदान गरिएको संस्थाले जनाएको छ ।
उत्त संस्थाले बिद्यालयलार्य ७ वटा ल्यापटप, २ वटा प्रोजेक्टर र १ वटा फोटोकपी मेसिन उपलब्ध गराएको बिद्यालयले जानकारी दिएको छ । विद्यालयलाई प्रबिधिमैत्री बनाउन संस्थाले शिक्षक आशा श्रेष्ठ र गणेश परियारलाई १० दिनको आइसिटि तालिम समेत दिई सकेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुरुङले जानकारी दिए
।




















