गोरखा – संसद विघटन विरुद्ध दाहाल–नेपाल समूहले आज राजधानीमा गर्ने प्रदर्शनमा सहभागी हुन गोरखाबाट ४ हजार भन्दा बढी मानिस पुगेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले गोर्खा जिल्लाबाट ठुलो संख्यामा नागरिकहरुलाई राजधानी उतारेको हो ।
अध्यक्ष लेख बहादुर थापामगरले त्यसका लागि गोरखाको विभिन्न स्थानबाट ८७ वटा बस रिजर्भ गरिएको जानकारी दिए । जिल्लाबाट ब्यवस्था गरिएका बाहेक पनि पार्टी कार्यकता आ–आफ्नो हिसाबले राजधानी पुगेको अध्यक्ष थापामगरले बताए ।
रिर्जब गरिएका बस मध्ये आधा भन्दा धेरै विहानैको झिसमिसेमा राजधानी प्रवेश गरिसकेको छ । पहिलो चरणमा जिल्लाको शहिद लखन, भिमसेन थापा, गण्डकी, सिरान्चोक, अजिरकोट, बारपाक सुलिकोट, आरुघाट, धार्चे गाँऊपालिकाबाट हिडेका बसहरु शुक्रबार बिहानै राजधानी पुगिसकेको नेपाल कम्युिनष्ट पार्टी गोरखाले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाल्दै संसद विघटन गरेको भन्दै विरोधमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टीले काठमाण्डौंको रत्नपार्कमा आज विरोध प्रदर्शन गर्दैछ ।




















