गोरखा – उद्योग बाणिज्य संघ गोरखाको पालुङटार ईकाइको अध्यक्षमा मानबहादुर आले मगर सर्व सम्मत चयन भएका छन् ।
ईकाइको पहिलो अधिवेशनले आले मगरको नेतृत्वमा १४ सदस्यीय पदाधिकारीहरुको चयन भएको हो ।
पालुङटारमा भएको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुरज श्रेष्ठ, उपाध्यक्षमा सूर्यमान श्रेष्ठ, सचिवमा दिपककुमार श्रेष्ठ, कोषाध्यक्षमा गुरुप्रसाद पौडेल र सह–सचिवमा भरतप्रसाद देवकोटालाई सर्व सम्मत चयन भएका छन् ।
अधिवेशनले कार्य समिति सदस्यहरुमा टिकाराम कुमाल, राजेन्द्र सुनार, रविन खड्का, रमेशकुमार श्रेष्ठ, जिवमनी लुइँटेल, रवीन्द्र देवकोटा, केशरकुमार श्रेष्ठ र रिता श्रेष्ठलाई चयन गरेको समितिका सचिव दिपककुमार श्रेष्ठले जानकारी दिए ।




















