गोरखा – नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध गोरखाको अधिकास वडाहरुमा बिरोध प्रर्दशन सम्पन्न गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै कांग्रेसले बिहिबार जिल्लाको ८० वटा वडाहरुमा बिरोध प्रर्दशन गरेको हो ।
नेपाली काँग्रेस पार्टीका जिल्ला सचिव नन्दप्रसाद न्यौपानका अनुसार उत्तरी गोरखाको २ गाउँपालिका बाहेक सबै पालिकाको वडामा बिरोध कार्यक्रम सम्पन्न भएको जनाएको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा कांग्रेसले सडक संघर्ष जारि राखेको छ ।
कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । निर्वाचनको विषयमा भने सर्वोच्चको आदेश कुर्ने कांग्रेसको भनाइ छ ।
बिभिन्न वडामा भएको बिरोध कार्यक्रममा नेताहरुले संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमत रहेको नेताहरुले बताएका छन ।
प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गर्ने निर्णय गरेको बिरोधमा नेपाली काग्रेसले बिहिवार वडा स्तरको प्रर्दशन गरेको हो ।
सदरमुकामको गोरखा नगरपालिका भित्र १४ वटै वडा भित्र केन्द्रिय सदस्यहरु सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, महासमिति सदस्य राजनराज पन्त, भुगोल थापा लगायतका नेताहरुले सभालाई संवोधन गरेको नेपाली काँग्रेस गोरखाले जनाएको छ ।
जिल्लाका पालिकाका वडाहरुमा पनि केन्द्रीय तथा जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेको पार्टीले जनाएको छ ।
तस्बिर शरण श्रेष्ठकाे फेसबुक पेजबाट




















