गोरखा – गोरखाको पालुङटार क्षेत्रमा बयस्क मृत्त चितुवा फेला परेको छ ।
पालुङटार नगरपालिका ४ को मालती गैरा क्षेत्रमा फेला परेको उत्त चितुवाको आज शब ब्यवस्थापन गरिएको छ ।
मालती गैरा सामुदायिक बन र खेतको बिच खोल्सीमा फेला परेको उत्त चितुवा ४.५ फिट लम्बाई र १.५ फिट उचाईको भएको डिभिजन बन कार्यालय गोरखाले पुष्टी गरेको छ ।
चुलेत्रो खोल्सी नाम गरेको स्थानमा स्थानियले बाख्रा चराउन जादाँ मृत्त अवस्थामा चितुवा फेला पारे पछि प्रहरीलाई खबर गरेको र बन कार्यालयका सहायक बन अधिकृत अर्जुनबहादुर अच्छामीको नेतृत्वको टोलीले शब ब्यवस्थापन गरेको कार्यालयले जनाएको छ ।
मृत्त चितुवाको शरिरमा खोइरो जस्तो (लुतो) र शरिरको विभिन्न भागमा चोट देखिएको सहायक बन अधिकृत अच्छामीले बताए । चितुवा चितुवा बिच झगडा भएर शरिरमा चोट देखिएको अच्छामीले बताए ।
चितुवाको शव पालुङटार सब डिभीजन बन कार्यालयको हाता भित्र ब्यवस्थापन गरिएको छ । शव ब्यवस्थापनमा जन प्रतिनिधी, स्थानिय, प्रहरी र बनका कर्मचारीहरु संलग्न भएको कार्यालयले जनाएको छ ।
मृत्त चितुवाको गन्ध आई सकेको कारण केही दिन अगाडी नै मरेको हुन सक्ने कार्यालयले अनुमान गरेको छ ।
तस्बिर : अर्जुनबहादुर अच्छामी




















