गोरखा – उत्तरी गोरखाको धार्चे गाउँपालिकामा सडक ट्रयाक खोलिदिन माग गर्दै गाउँपालिकाले गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकासमन्त्री रामशरण बस्नेतलाई ज्ञापन पत्र बुझाएको छ ।
सडकको पहुच नपुगेका बस्तीहरुमा सडकको ट्रयाक खोल्न माग गर्दै गाउँपालिकाको तर्फबाट ज्ञापन पत्र बुझाएको अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
ज्ञापन पत्रमा आरुघाट गाउँपालिका र धार्चे गाउँपालिकाको भिरकुना जोड्ने सडकको नयाँ ट्रयाक खोल्नुपर्ने, माछाखोलाको बिकास हाईड्रोदेखि लाप्राकको पुरानो गाउँसम्म सडक खोल्न आबश्यक पहल गरिदिन आग्रह गरिएको छ ।
सो अबसरमा गाउँपालिकाले सिङ्ला हुँदै थमन भिसी पार्कसम्म गोरेटो बाटो निर्माण गरिदिन पनि गाउँपालिकाले अनुरोध गरेको पालिकाले जनाएको छ ।




















