गोरखा – पालुङटार नगरपालिकामा जनता समाजबादी पार्टीको बिद्यार्थी युनियन गठन गरिएको छ ।
नव गठित युनियनको नगरकमिटी स्तरीय संयोजकमा लक्ष्मण गिरी चयन भएको हो ।
पालुङटारमा सम्पन्न भेलाले युनियनेको सह–संयोजकमा रितिका परियार, सचिबमा सुसिल परियार, कोषाध्यक्षमा नारायण गिरी र सह–सचिब सुनिल नेपालीलाई चयन गरेको छ ।
गण्डकी प्रदेश सभाका सदस्य हरिशरण आचर्यको प्रमुख आतिथ्यतामा भएको भेलाले ३१ सदस्यीय नगर कमिटी गठन गरेको छ । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य फडिन्द्र देवकोटा, समाजवादी विधार्थी युनियनका केन्द्रीय उपाध्यक्ष नेत्र चापागाई, प्रदेश सदस्य नारायणी अधिकारी लगायतलको उपस्थिती रहेको थियो ।




















