गोरखा – गोरखाका ४ वटा स्थानीय तहमा पहिरो जानु पूर्वको सूचना दिने प्रबिधि जडान हुने भएको छ ।
जिल्लाको धार्चे, आरुघाट, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकामा त्यस्तो प्रविधिको सूचना प्रणाली जडानका गरिने भएको हो ।
जिल्ला बिपत व्यवस्थापन समितिको बैठकले जिल्लाको ४ सस्थानिय तहमा सूचना प्रबिधि जडानका लागि छनौट गरि गृहमन्त्रालयमा पठाई सकिएको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ । जिल्ला बिपत व्यवस्थापन समितिले पहिरोको सवैभन्दा बढी जोखिम रहेको स्थानीय तहको नाम छनौ६ गरि प्रबिधि जडानका लागि आबश्यक भएका भन्दै नाम छनौट गरी पठाएको हो ।
छनौट भएका गाउँपालिकाको कुन स्थानमा प्रबिधि जडान गर्ने र्निक्यौल भने गृहमन्त्रालयले टुगाउने छ ।




















