गोरखा – संसद बिघटन गरेको बिरोधमा गोरखाको पन्द्रुङ र देउरालीमा बिरोध प्रर्दशन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद विघटन गरेको भन्दै नेकपा दाहाल–नेपाल पक्षले पन्द्रुङ र देउरालीमा कालो झण्डा सहित बिरोध प्रर्दशन गरेको हो ।
बारपाक सुलिकोट गाउँपालिको वडा नम्बर ७ र ८ मा नेकपा गाउँ पार्टी कमिटीले आयोजनमा गरेको बिरोध कार्यक्रमा सहभागीहरु कालो पट्टि बाँधेर बिभिन्न नारा सहित प्रर्दशनमा गरेका थिए । बिरोध पछि दुवै स्थानमा कोणसभाको आयोजना समेत गरिएको नेकपाले जनाएको छ ।
कोणसभालाई नेकपा बारपाक सुलिकोट गाउँपार्टी कमिटिका अध्यक्ष नरबहादुर गुरुङ र नेकपा बारपाक सुलिकोट वडा नम्बर ७ का वडापार्टी अध्यक्ष कृष्णप्रसाद अंगाई तथा वडाध्यक्ष कृष्ण गुरुङले संबोधन गरेका थिए ।




















