गोरखा – पूर्व प्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका बरिष्ठ नेता डा.बावुराम भट्टराईले केपी ओलीले चुनाव गराउनै नसक्ने बताए ।
गृह जिल्ला गोरखा आएका डा.भट्टराईले पत्रकारहरु संग कुरा गर्दै चुनाव संविधान सम्मत हुनुपर्ने भएका कारण पनि केपी ओलीले चुनाव नगराउने ठोकुवा गरेका हुन् । डा. भट्टराईले ‘चुनाव हुदाँ पनि संविधान र कानून बमोजिम हुन्छ’ भन्दै ‘दुई तिहाई बहुमतको सरकार चलाउन नसक्नेले आफु अनुकुल हुने गरी चुनाव गराउछ भन्ने कुरा ग्यारेन्टी पनि छैन र गर्दा पनि गर्दैनन्’ भने ।
पत्रकार महासंघ गोरखाको भवनमा गरिएको पत्रकार सम्मेलनमा डा.भट्टराईले ओली प्रधानमन्त्री भए देखी राज्यका अंगहरुमा हस्तक्षप गरेको आरोप समेत लगाए । ‘गुप्तचर अंगहरु देखी लिएर अदालतमा हस्तक्षप, संवैधानिक अंगहरु माथि जसरी कब्जा जमाएर बसेका छन् त्यसले प्रति क्रान्तितिर जाने खतरा भएको’ डा.भट्टराईले बताए ।
उनले यसलाई जोगाउनकालागि सबै एक हुन आवश्यक रहेको समेत बताए ।




















