गोरखा – गोरखाको शहिद लखन गाउँपालिकाका बेरोजगार युवाहरुका मोवाइल तालिम दिन थालिएको छ ।
गाउँपालिकाको लागि वडा नम्बर ६, ७ र ८ का २० जना युवाहरुलाई घरेलु तथा साना उद्योग कार्यालय गोरखाको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
दक्ष प्रबिधिकहरुबाट दिइने तालिमबाट युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य राखिएको पालिकाले जनाएको छ । तालिम ४५ दिन सम्म सञ्चालनमा आउने छ ।
आज देखी शुरु भएको कार्यक्रमको पालिका अध्यक्ष रमेश थापामगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडाध्यक्षद्वय शरण श्रेष्ठ र काशिनाथ अम्गाई, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन आलेमगर लगायतले सहभागिलाई तालिम लिएर दक्ष हुन शुभ कामना ब्यत्त गरेका थिए ।




















