पर्बत – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्ने कुरामा आफुलाई विश्वास नलागेको बताएका छन् ।
बिहिबार पर्बतको शंकर पोखरीमा आयोजित हरिदत्त तिवारीको १८ औं स्मृति सभामा बोल्दै सभापति देउवाले प्रजातन्त्रलाई नै खतरा हुने गरी प्रतिनिधि सभा भंग गरेका प्रधानमन्त्री ओलीले चुनाव गराउछन् भन्ने कुरामा विश्वास नलागेको बताएका हुन् ।
सभापति देउवाले ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले पार्टीले आन्दोलन घोषणा गरेको भन्दै सर्वोच्चमा विचाराधीन रहेको मुद्दाबारे सडकमा आन्दोलन गरेर यो गर वा ऊ गर् भनेर काँग्रेसले दबाव नदिने समेत प्रष्टाए ।
आजै सभापति देउवा राजधानीबाट पर्बत आउने क्रममा मौषम प्रतिकुल भएका कारण गोरखाको आँपपिपलमा उनी चढेको कैलास एयरको हेलिकप्टर फोर्स ल्याण्ड गरिएको यियो । दिउसो १२ः४५ बजे ल्याण्ड गरिएको हेलिकप्टर मौषम सफा भए पछि १ः२० बजे गोरखाबाट पर्बतको लागि उडेको थियो ।




















