गोरखा – उत्तरी गोरखाको माछखोलामा आधारभूत अस्पतालको शिलान्यास गरिएको छ ।
धार्चे गाउँपालिका ५ को माछाखोलामा आज (बिहिबार) एक कार्यक्रम बिच आधारभूत अस्पतालको शिलन्यास गरिएको हो ।
संघिय सरकारको सहयोगमा माछाखोलामा ५ बेडको अस्पताल निर्माणका लागि भवन शिलन्यास गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए ।
भवन निर्माणका लागि चालु आर्थिक बर्षका लागि ७० लाख रुपैयाँ प्राप्त भएको गाउँपालिकाले जनाएको छ । भवनको गाउँपालिका अध्यक्ष गुरुङले शिलन्यास गरेका हुन ।
माछाखोलमा रहेको हेल्थपोष्टलाई स्तरोन्नती गरेर आधारभूत अस्पताल निर्माण गर्न लागिएको हो ।




















