काठमाण्डौ – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ४०३ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा बिहिबार थप ४०३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो संगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ ।
थप ६ जनाको मृत्यु
कोरोनाका कारण पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमण कारण मृत्यु हुनेको संख्या १ हजार ९४३ पुगेको छ ।




















