काठमाण्डौं – ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनार्इएको छ ।
सरकारले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय ५ वर्षअघि मात्रै गरेको हो ।
यसैबीच योग दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिँदै कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा योगको थप महत्व र सान्दर्भिकता बढेको बताएका छन् ।
शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले योग, ध्यान र आहार विहारलाई जीवन पद्धतिका रुपमा दैनिक अपनाउन सकिएमा महामारीको संक्रमण सामना गर्न सहज हुने उल्लेख गरेका छन् ।
नेपालमा २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आईएको छ ।




















