पोखरा – गोरखाका एक युवक पोखराको लामाचौरमा मृत्त अवस्थामा भेटिएको छ ।
गोरखा जिल्ला शहिद लखन गाउँपालिका ६ घर भएका ३२ बर्षका सुरेश कोइराला पोखरा महानगरपालिका १९ को लामाचौर स्थित खेत भन्ने स्थानमा मृत अबस्थामा भेटिएको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कृष्ण मजाकोटीले सञ्चालन गर्दै आएको फर्निचरमा काम गर्ने कोइराला बुधबार उद्योग भित्र रहेको कोठामा भित्रबाट चुक्कुल लगाई सुतेको अबस्थामा मृत्त भेटिएको हो ।
लामो समय सम्म पनि नउठेपछि स्थानिय प्रहरीलाई खबर गरेर ढोका फेरी हेर्दा खाटमा कोल्टो परेको अवस्थामा मृत्त भेटिएको प्रहरीको जनाएको छ ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।




















