गोरखा – गोरखाको तान्द्राङमा रुखले च्याप्दा १ जना पुरुषको मृत्यु भएको छ ।
भिमसेन थापा गाउँपालिका ३ को तान्द्राङ रुख काट्ने क्रममा सोही रुखले च्याप्दा पाँचथर घर भएका उमेश राईको मृत्यु भएको हो ।
तान्द्राङका नरबहादुर सार्कीको खेतमा रहेको सालको रुख काट्ने क्रममा बुधबार राईले आफैले काटेको रुखले च्यापेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । १८ बर्षिय राईको घटना स्थलमा नै मृत्यु भएको थियो ।
राईले उत्त क्षेत्रमा बिगत १० दिन देखी रुख काट्ने काम गर्दै आएको नरबहादुर सार्कीले बताए । राईको पोष्टमार्टम पछि आफन्तजनलाई शब बुझाईने प्रहरी कार्यालयले जनाएको छ ।




















