गोरखा – भुकम्प पछिको पुनःनिर्मान र पुनःर्स्थापनाका बिषयमा अध्ययन गर्न युरोपियन युनियनका टोली र ट्रान्सपरेन्सीको टोली बारपाक पुगेका छन् ।
युरोपियन युनियनको नेपालकालागि राजदूत नोना डिप्रेज सहित ट्रान्सपरेन्सी इन्टर नेशनलको एक समूह ‘गोरखा भकुम्प’को केन्द्रबिन्दु बारपाक पुगेर अध्ययन अबलोकन गरेका हुन् ।
बारपाक पुगेको उत्त टोलीले त्यहाँ स्थित हिमालय माबिमा अन्तरक्रिया, बारपाक सुलिकोट १ को कार्यलयको आयोजनामा महिला तथा सरोकारवालाहरुसग छलफल भएको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विण्णु भट्टले जानकारी दिए ।
उत्त समूहलाई बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा निजि आवास, भुकम्प स्मृति पार्क र बुद्ध पार्क अवलोकन गराएको थियो ।
हिमालय माबिको अवलोकन भ्रमणका क्रममा विद्यालय संचालक समितीका अध्यक्ष वीरबहादुर घलेले भुकम्पपछि निर्माण भएको स्कुलको भौतिक संरचना एवं विद्यालयको शैक्षिक गतिविधि र भावी योजनाका बारेमा जानकारी गराएका थिए ।
सहभागीहरुले भौतिक संरचनाको बिकास भए पनि अझै बिद्यालयहरुमा त्यही अनुरुपको गुणात्मक शैक्षिक सुधार हुन नसकेको भन्दै त्यस तर्फ ध्यानदिनुपर्नेमा जोड दिएका थिए ।





















