गोरखा – अखिल नेपाल महिला संघ गोरखाले केही समय यता जुलुसमा राष्ट्रपति बिद्यादेवी भण्डारीलाई लक्षित गर्दै अश्लिल नाराबाजी गरेको भन्दै त्यस्ता ब्यक्तिलाई कानूनी दायरामा ल्याउन आज जिल्ला प्रशासन मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको महिला संघले सरकारको बिरोधको बहानामा सामाजिक सञ्जालमा समेत त्यस्ता गालीगलौच भएको भन्दै कानूनी कारवाहीकालागी प्रशासन मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
केन्द्रिय सदस्य सम्झना देवकोटाको महिलाहरुको एक समूहले बुधबार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाइ भेटी मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम अनुसन्धान गरी त्यस्तो कार्यमा लागेका जो कोहीलाई पनि पक्राउ गरी कानून बमोजिम हदै सम्मको बारवाही गर्न भनेको हो ।
महिला संघले बुझाएको ज्ञापन पत्रमा ‘नेपाल सरकारले प्रतिनिधि सभाको घोषणा गरेपछि केही असन्तुष्ट पक्षहरुबाट गरिएको सडक सघर्षको क्रममा आफ्नो स्व्तन्त्रताको अधिकारको प्रयोग गर्दा कुनै पनि अधिकारको उल्लंघन गर्न नहुने’ भन्दै ‘न्यायिक सिद्वान्तको बिपरित राष्ट्रको सर्वोच्च निकाय सविधानको संरक्षकको रुपमा रहेको सम्माननिय राष्ट्रपति प्रति लक्षित गरी विभिन्न समयमा सरकारको नेतृत्व गरेका प्रधानमन्त्री तथा मन्त्रीको पद सम्हालेका ब्यक्तिहरुको अगुवाईमा भएका जुलुसहरुमा ‘विद्या तेरो सिन्दुर खोई, के पी ओली तोरो पोई’ भन्ने जस्ता अपमानजक र अस्लील नारा लगाएको’ उल्लेख गरिएको छ ।
‘सम्मानित राष्ट्रपतिलाई लक्षित गरि ब्यक्त अभिब्यक्तिले समग्र महिलाको अपमान गरिएको’ भन्दै ‘नारा लगाउन लगाउने र नारा लागउनेहरुलाई सामाजिक सञ्जालमा रहेको भिडियो हेरी खोज तलास गरी मुलुकी अपराध संहिता २०७४ बमोजिम ब्यापक अनुसन्धान गरी त्यसमा संलग्नहरुलाई पक्राउ गरी कानून बमोजिम हदै सम्मको कारबाही’ गर्न भनेको छ ।
पुरा विज्ञप्ती























