काठमाण्डौं – भारतीको जि न्यूजले सगरमाथा माथी भारतीले दावी गर्न उक्साएको समाचार बाहिरीएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरबार्ता लिने जि न्युजका पत्रकार सुधीर चौधरीले सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने बताएको हो ।
कार्यक्रममा उनले विश्वसामु सगरमाथामा आफ्नो दावी भारतले ‘ठोक्नु’ पर्ने बताएका छन् । मंगलबार बेलुका जी न्यूजले सगरमाथामा भारतीय आफ्नो दाबी प्रस्तुत गर्नु पर्ने सामग्री प्रसारण गरेको हो ।
आधारशिविरसम्म हेलीकप्टर लिएर पुगेका उनले सगरमाथाको पहिलो पटक उचाइ नाप्ने व्यक्ति भारतका राधानाथ सिकन्दर भएकाले उनैको नामबाट सगरमाथाको नामाकरण हुनुपर्ने समेत बताएका हुन् ।
जी न्यूजले प्रशारण गरेको काठमाण्डौंदेखि सगरमाथाको बेसक्याम्पसम्मको भिडियो डायरीमा यस्तो दावी गरिएको छ । चौधरीसहितको टोली हेलिकप्टरमा सगरमाथाको अवलोकनका लागि गएको थियो ।
चौधरीले सगरमाथाका विषयमा लिएर गरेको दावीलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।




















