गोरखा – पृथ्वी जयन्तीको अवशरमा आयोजित विभिन्न कार्यक्रममा बिजेता भएकाहरुलाई आज एक कार्यक्रम बिच सम्मान तथा पुरस्कार बितरण गरिएको छ ।
२९९औं पृथ्वी जयन्तीको अवशरमा आयोजित दौड तथा बक्तृत्वकला प्रतियोगिताका बिजयी साथै गोर्खाली खेलाडी सम्मान कार्यक्रम गरिएको हो ।
गोरखा नगरपालिकाले आयोजना गरेको उत्त कार्यक्रममा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशका अवशरमा आयोजित खुल्ला दौड प्रतियोगिताका बिजेताहरुलाई सम्मान गरिएको गोरखा नगरपालिकाले जनाएको छ । \
दौडमा सहभागी पुरुष तथा महिलाई पुरस्कार
खुल्ला दौडमा प्रथम हुने रामजी बस्नेतलाई प्रमाण पत्र सहित १५ नगद हजार प्रदान गरिएको थियो । त्यस्तै गरी दोस्रो र तेस्रो हुने सुनिल थापा र पुर्णबहादुर गुरुङलाई क्रमश.१० हजार र ५ हजार नगद र प्रमाण पत्र प्रदान गरिएको थियो ।
सोही दौडमा सान्त्वना हुने सरोज योगी र सुमन मल्ल तथा महिला तर्फ पवित्रा बयलकोटी र र्सिजना पौडेल जनही २ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । दौडमा ५० जनाले सहभागीता जनाएको र सबैलाई प्रमाण पत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
बक्तृत्वकला प्रतियोगिता
त्यस्तै गरी गोरखा जेसिज गोरखाको समन्वयमा आज आयोजना गरिएको ‘नेपाल एकिकरणमा पृथ्वीनारायण शाहको योगदान’ बिषयक बक्तृत्वकला प्रतियोगितामा प्रर्थम हुने प्रथम हुने महालक्ष्मी मावि लक्ष्मीका सरोजबावु घिमीरेलाई प्रमाण पत्र र नगद ५ हजार पुरस्कार प्रदान गरिएको छ ।
उच्च मावि स्तरीय बक्तृत्वकलामा ११ वटा माविले सहभागीता जनाएको थियो । जस मध्य द्रब्यशाह बहुमुखी क्याम्पस लक्ष्मी बजारकी बिपना गान्धारी दोस्रो र महेन्द्र मावि कुन्दुरटारकी जेनिसा अंगाई तेस्रो भएकी थिईन । उनीहरुलाई नगद ३ हजार र २ हजार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
खेलाडीलाई सम्मान
नगरपालिकाले आजै गोरखा नगरपालिका घर भई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलमा सहभागी तथा पदक बिजेता खेलाडीहरुलाई समेत सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा एथलेटीक्स तर्फ टिका बोगटी, ज्ञानबहादुर बोहरा, सोमबहादुर कुमाल, दलबहादुर थापा र उत्तम केसी रहेका थिए । त्यस्तै गरी भारतोलन तर्फ रामकुमार श्रेष्ठ, सुटिङ तर्फ सरस्वती बाँनिया र जुडो तर्फ होमबहादुर थापा र ऋषीराम प्रधानलाई दोसल्ला र प्रमाण पत्र दिएर सम्मान गरिएको थियो ।
त्यस्तै गरी गत बर्ष गण्डकी प्रदेश स्तरीय मेयरकप फुटबल प्रतियोगितामा बिजेता गोरखा नगरपालिकाका खेलाडीहरुलाई दोसल्लाह, प्रमाण पत्र र जनही १० हजार नगद प्रदान गरिएको थियो । खेलमा सहभागी १८ जना नगरपालिकाले सम्मान गरेको हो ।
पालुङटारमा भएको फुटबलमा गोरखा नगरपालिकाले प्रथम स्थान हात पारेको थियो ।





















