गोरखा – गोरखा जेसिज गोरखाको बर्ष २०२१ को अध्यक्षमा प्रविन बस्नेत चयन भएका छन् ।
गोरखा सदरमुकाममा भएको एक कार्यक्रममा बर्ष २०२० का अध्यक्ष सुवास मल्लले नव निर्वाचित अध्यक्ष बस्नेतलाइ कार्यभार सुम्मपेका छन् ।
नव निर्वाचित समितिको कार्यकारी उपाध्यक्षमा शिवहरी तिमील्सीना र अश्विन ढुङाना चयन भएको गोरखा जेसिज गोरखाले जनाएको छ ।
त्यस्तै गरी महासचिवमा राजेश श्रेष्ठ, कोषाध्यषमा सुमन गुरुङका साथै उपाध्यक्षहरुमा ऋषी श्रेष्ठ, बिपीन पोखरेल, मनोज बस्नेत र समिर कुवँर चयन भएका छन् ।
२५ जनाको कार्य समितिमा सह–सचिव दिपक थापा, सह–कोषाध्यक्ष सजना श्रेष्ठ चयन भएका छन् । ४० औं पदस्थापनबाट कानूनी सल्लाहकारमा पुस्कर गुरुङ, अध्यक्ष सल्लाहकार रुवेन्द्र कुवर, यरिया डाईरेक्टर कल्याण बाँनिया, शाखा सम्पादक मिलन जंङ कुवर चयन भएका छन् ।
समितिको जन सम्र्पक अधिकारी सन्जोग तिमिल्सीना, तालिम संयोजक संगमबावु श्रेष्ठ, सञ्चार निर्देशक मिलन सिंह बस्नेत, अर्थ बृद्वि संयोजक देवेन्द्र जंङ कुवर, पर्यटक निर्देशक रचन परियार, सदस्य बृद्वि संयोजक सुरेश गुरुङ, सचिवालय निर्देशक सरोज मास्के र थिम डाईरेक्टरमा शैलेन्द्र भट्ट चयन भएको गोरखा जेसिजले जनाएको छ ।




















