गोरखा – पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको अवशरका सदरमुकाममा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ गोरखा शाखाको आयोजनामा २९९औं पृथ्वी जयन्तीको अवशरमा गोरखा संग्रालय परिषरमा रहेको पृथ्वीनारायण शाहको शालिकका दिप प्रज्वलन गरिएको हो ।
सोमबार साँझ २९९ वटा मैन बत्ती बालेर महासंघले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मनाएको हो ।
दिप प्रज्वलनमा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङ, रणसिंह दल गणका गणपती उज्वल केसी तथा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त तथा विभिन्न संघ संस्थाका प्रमुख र जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।
पृथ्वी जयन्तीको अवशरमा आज पनि गोरखा दरमुकाममा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ ।




















