गोरखा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रिय अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदानलाई राज्य व्यवस्था र राजनीतिसंग मात्र जोडेर हेर्न नहुने बताए ।
२९९ औं पृथ्वीजयन्तीको अबसरमा गोरखा आएका थापाले पृथ्वीनारायण शाहको योगदान राजनीति र राज्य व्यवस्था भन्दा धेरै माथि रहेको भन्दै त्यस्तो कुरा बताएका हुन् ।
गोरखा संग्रालय परिषरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यष थापाले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सरकारसंग माग गर्दै राष्ट्र निर्मातालाई अन्तराष्ट्रिय प्रचलन जस्तै नेपाली नोटहरुमा समेत अङकित गर्ने नेपाल सरकारसंग माग गरे ।
पृथ्वी नारायण शाहले तात्कालीन अवस्थामा सेना मात्र नभई जनताको सल्लाह र सुझावमा नेपाल एकिकरण गरेको थापाले स्मरण गराउदै त्यसबाट जनताको चाहाना र भावनाको सम्मान गर्ने परम्पराको थालनी भएको बताए ।
बिसे नगर्चीको स्मरण गर्दै थापाले बिसे नगर्चीको सल्लाहलाई पृथ्वीनारायण शाहले आत्मासाथ गर्नु र सवै धर्महरुको संरक्षण र सम्बद्र्वन त्यती बेलै बाट भएको बताए ।
राप्रपाले आयोजना गरेको २९९औं पृथ्वी जयन्तीका अबशरमा संबोधन गर्दै थापाले तात्कालीन अवस्थामा पृथ्वीनारायण शाहले हामीलाई नेपाली नाम, पहिचान, देश, राज्य व्यवस्था दिएर बताए ।




















