गोरखा – गोरखाका पत्रकार केशब गुरुङ सिआई टेकबहादुर गुरुङ तथा रस कुमारी गुरुङ पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत भएका छन् ।
गुरुङलाइ सुचना तथा संचारमन्त्री पार्वत गुरुङले एक कार्यक्रम बिच पुरस्कृत गरेका हुन् । उनी गोरखाबाट नयाँ पत्रिकाका दैनिकका लागि समाचार लेख्ने गर्दछन् ।
गुरुङलाई नगद ५ हजार सहित मन्त्री गुरुङले पुरस्कृत गरेका हुन् । गोरखाको लाप्राक घर भएका गुरुङ गोरखा सदरमुकामबाट प्रकाशित हुने सुरुवात दैनिकमा पनि आबद्व छन् ।




















