गोरखा – गोरखाको बाह्रकिलो क्षेत्रमा न्यानो कपडा बितरण गरिएको छ ।
लियो क्लब अफ गोरखाले बिपन्न तथा असहाय व्यक्तिहरुका लागि शनिबार न्यानो कपडा बितरण गरेको हो ।
गोरखा नगरपालिका वडा नम्बर १० स्थित बाह्रकिलो एक कार्यक्रमका गरी पुनःप्रयोग गर्न मिल्ने कपडा संकलन गरि बितरण गरिएको क्लबकी सचिव अनुका आले मगरले जानकारी दिइन ।
आर्थिक अभाव कमजोर भएका बिपन्न तथा असहाय व्यक्तिहरुलाई चिसोबाट सुरक्षित राख्न उद्वेश्यका साथ क्लबले न्यानो कपडा संकलन गरि बितरण गरिएको लियो क्लब अफ गोरखाले जनाएको छ ।
कार्यक्रममा ६५ जनालाई न्यानो कपडा बितरण गरिएको क्लबले जनाएको छ । क्लबले गत बर्षदेखि गोरखा जिल्लाका बिभिन्न क्षेत्रमा चिसो मौसमका न्यानो कपडा संकलन गरि बितरण गर्दै आएको छ ।




















