गोरखा – नेकपा ओली समूहले गोरखा सदरमुकाममा प्रर्दशन गरेका छन् ।
युवा संघको आयोजनामा संसद बिघटनको समर्थनमा गोरखा सदरमुकाममा प्रर्दशन गरेका हुन् ।
नेकपा नगरपार्टी कार्यालय चाइनिज धाराबाट युवा तथा बिधार्थीहरुले सुरु गरेको प्रर्दशन नगरको विभिन्न भागको परिक्रमा गरी पुन चाइनिज धारामा पुगेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद बिघटन गरेपछि जिल्लामा पहिलो पटक समर्थनमा प्रर्दशन भएको हो ।
प्रर्दशनमा सहभागी ओली समर्थक नेता कार्यकर्ताहरुले संसद बिघटनको पक्षमा चर्को नाराबाजी गरेका थिए ।




















