गोरखा – गोरखाको पालुङटारमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ ।
स्वदेश तथा विदेशबाट आउने पर्यटकलाई लक्षित गरी ठाटीपोखरीमा होटल सञ्चालनमा आएको हो ।
ऐतिहासिक लिगलिगकोट आउने पर्यटकलाई लक्षित ७ करोड १० लाखको लगानीमा होटल लिगलिग मनास्लु भ्यू नामको होटल सञ्चालनमा ल्याएको सञ्चालक मानबहादुर पौडेलले बताए । नेपालको एकिकरणको उद्मस्थल लिगलिगकोट आउने पर्यटकको संख्या बढ्न थालेपछि साथीभाई मिलेर पर्यटकलाई लक्षित होटल सञ्चालनमा ल्याएको उनले बताए ।
पालुङटारको सेरोफेरो घुम्न आउने कुनै पनि पर्यटकले होटल पाइन भनेर फर्कन पर्ने बाध्यता हटेको छ । १० रोपनी क्षेत्रफलमा निर्माण गरिएको होटलमा २० वटा सुबिधा सम्पन्न कोठाहरु रहेको छ ।
‘होटलमा ठुला तथा साना सेमिनार, पार्टी, आबश्यकता अनुसार बैठक कोठा तथा रेष्टुरेन्ट समेत रहेको छ । अहिले भने स्विमिङ्ग पुलको निर्माण भइरहेको छ ।
होटलले बस्न आउनेहरुलाई स्थानीय उत्पादनको स्वाँद चाखाउने ब्यवस्था समेत मिलाएको छ ।




















