गोरखा – गोरखाको बोर्लाङमा रहेको एक घरमा लागलागी हुदा पैसा सहित लत्ताकपडा नष्ट भएको छ ।
भिमसेन थापा गाउँपालीका ७ को बोर्लाङ्गमा प्रदिप श्रेष्ठको घरमा बिद्युत सर्ट भएर आगलागी हुदा घरमा भएको पैसा र लत्ताकपडाका साथै अन्नपात नष्ट भएको हो ।
आज (बिहिबार) बिहान ९ः३५ बजेको समयमा घरमा बिद्युत सर्ट हुदाँ आगलागी भएको स्थानिय विपिन श्रेष्ठले बताए । श्रेष्ठका अनुसार घरमा रहेको नगद पैसाका साथै लत्ता कपडा र अन्नपात समेत जलेर नष्ट भएको छ ।
आगलागीबाट घर पुर्ण रुपमा क्षेति भएको छ । करिब ४ लाख बराबरको धनजनको क्षती भएको अनुमान गरिएको छ । कुनै मानविय क्षती भने नभएको बोर्लाङ प्रहरीेले जनाएको छ ।




















