गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य हरिराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेको नभई आफ्नो राजनीतिक जीवनको बिघटन गरेको बताएका छन् ।
नेकपा दाहाल–नेपाल पक्षको जिल्ला पार्टी कार्यालयमा आयोजीत जनप्रतिनिधीहरुको भेलाई संबोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।
अधिकारीले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बिघटन नभएर आफ्नो राजनीतिक जिवनको बिघटन गरेका हुन भन्दै अब छिट्टै उनको राजनीतिक जिवन बिघटन हुने हुने समेत दावी गरे । उनले ओली सिंगो देश मेरो मात्र हो जस्तो गर्दै लोभ अंहकार र व्यक्तिगत स्वार्थमा लागेको आरोप समेत लगाए ।
आफ्ना पक्षका निर्वाचित जनप्रतिनिधीहरुलाई संबोधन गर्दै अधिकारीले ओलीको पक्षमा सहि भन्नेहरु गणतन्त्र नरुचाउनेहरु मात्र रहेको दावी गरे ।




















