गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले प्रधानमन्त्रीले केपी शर्मा ओलीले संसद बिघटन गर्दा संबिधानको पाना च्यातिएको बताए ।
नेकपा दाहाल–नेपाल पक्षले पार्टी कार्यालयमा आयोजना गरेको छलफल तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टीका स्थायी कमिटिका सदस्य समेत रहेका पाण्डेले प्रधानमन्त्रीको कदमले संबिधान माथि ‘कू’ गर्दा संविधानको पाना च्यातीएको जस्तो भएको बताएका हुन् ।
उनले अहिले संबिधानको पाना च्यातिएको छ, संबिधान माथि ‘कू’ गरिएको छ भन्दै यस्तो बेला सवै क्रान्तिकारीहरु एक भएर संबिधानको रक्षा, लोकतन्त्रको रक्षा, राजनीतिक परिवर्तनको रक्षाका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा ब्यक्त गरे ।
पाण्डेले प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक, स्वेच्छ्याचारी र प्रतिगामी भएको भन्दै त्यसको बिरुद्धमा एकजुट हुन सवैलाई आब्हान समेत गरेका थिए ।




















