गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाको दाहाल–माधव पक्षले सदरमुकाममा जनप्रतिनिधिहरुसंग छलफल तथा प्रशिक्षण सम्पन्न गरेको छ ।
पार्टी कार्यालयमा जिल्ला भित्रका ११ वटै स्थानीय तह अन्र्तगत निर्वाचित आफ्ना जनप्रतिनिधिहरुसंग छलफल गरेको हो ।
छलफल तथा प्रशिक्षण कार्यक्रममा सवै स्थानीय तहका जनप्रतिनिधीहरुले पछिल्लो अबस्था र आफ्नो पक्षमा रहेका जनप्रतिनिधीहरुको अबस्थाको बारेमा पार्टीमा रिर्पोटिङ गरेका थिए । छलफलमा बिघटित प्रतिनिधिसभाका सांसद हरिराज अधिकारी सहित बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगर, पालुङटार नगरपालिकाकी उप प्रमुख पम्फा बसेल, चुमनुव्री गाउँपालिकाकी उप प्रमुख कुमारी गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
दाहाल–नेपाल पक्षका निर्वाचत वडाध्यक्ष, वडा सदस्यहरुले समेत छलफलमा सहभागिता जनाएको नेकपा गोरखाले जनाएको छ । कार्यक्रममा सहभागीहरुलाई पार्टीका गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डे, केन्द्रीय सदस्य हरिराज अधिकारी, जिल्ला इन्चार्ज अमर तमु, जिल्ला अध्यक्ष लेखबहादुर लेखबहादुर थापा लगायतले जनताको मर्म र भावना बुझेर जनपक्षिय काम गर्न निर्देशन दिएका थिए ।




















