गोरखा – अनेरास्वबियु गोरखाले सदरमुकाममा सिठी जुलुश निकालेको छ ।
बुधबार साँझ अनेरास्वबियुले प्रधानमन्त्रीले संसद बिघटन गरेको बिरोधमा सदरमुकाममा सिठ्ठी जुलुस निकालेको हो ।
पार्टी कार्यालयबाट निकालिएको सिठी जुलुसले अस्पतालचोक, लोकतान्त्रिक चोक, हरमटारी चोक, कालिमाटी बजार, शक्तिचोक हुदै पुरानो बसपार्कमा पुगेर कोणसभा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अनेरास्वबियुका केन्द्रिय सदस्य रामकृष्ण भट्टले प्रतिगामी कदम नसच्याएसम्म आफुहरुको सर्घष नरोकिने बताए ।
उनले संसद बिघटनको कदमले देशलाई अन्यौलता तर्फ धेकेको भन्दै प्रधानमन्त्री ओलीले तत्कालै संसद विघटन फिर्ता नगरे युवाहरुले सडकबाट प्रधानमन्त्रीलाई सत्ता च्युत गर्ने चेतावनी दिए ।
विद्यार्थीहरुको उत्त समूहले व्यक्ति स्वार्थ र सनकको भरमा गरिएको संबैधानिक ‘कू’ लाई नेपाली जनताले कदापी स्विकार नगर्ने भन्दै प्रधानमन्त्रीको असंबैधानिक कदम बिरुद्ध एक जुट हुन पनि सबै युवाहरुलाई अपिल गरिएको थियो ।




















