काठमाण्डौं – ५ बर्षका लागि प्रधानमन्त्रीले चाहेर पनि संसद विघटन गर्न सक्दैन भनेर दिएको पूर्व सभामुख सुवास नेवाङको भिडियो यती बेला सामाजिक सञ्जालमा निकै चर्चामा आएको छ ।
नेकपा ओली समूहमा आवद्ध रहेका नेम्वाङले संसदीय पत्रकारहरुसँग धुलिखेलमा नयाँ संविधान अनुसार प्रधानमन्त्रीले चाहेर पनि संसद भंग गर्न नसक्ने भनेर दिएको अभिव्यक्ति यतीबेला सामाजिक सञ्जालमा भाइरल भएको हो ।
भिडियोमा नेम्वाङले प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था अहिलेको संविधानबाट हटाएका बताउँदै ५ वर्षमा आवधिक निर्वाचन गर्ने कुरा स्पष्ट तोकेको बताएका थिए ।
संघीय संसद सचिवालय र यूएनडीपीले २०७६ साउन ४ गते काभ्रेको धुलिखेलमा गरेको अन्तरसंवाद कार्यक्रममा नेम्वाङले प्रतिनिधिसभा पाँचै वर्ष चल्ने बताएका थिए ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि भने नेम्वाङ उनकै समूहमा रहर ओलीलाई संसद विघटनको लागि साथ दिदै आएका छन् ।
तर प्रतिनिधिसभा भंगका विषयमा उनले औपचारिक प्रतिक्रिया जनाएका छैनन् । उनको मौनताप्रति नेताहरुले समेत प्रश्न उठाउदै आएका छन् । प्रतिनिधिसभा भंग गरिएको विषयको मुद्दा सर्वोच्चमा समेत विचाराधिन रहेको छ ।




















