गोरखा – गोरखाको एक सहकारीबाट ५ लाख भन्दा बढी चोरी भएको छ ।
पालुङ्टार नगरपालिका ९ को बिर्दी बजारमा रहेको मिरकोट बचत तथा ऋण सहकारी संस्था लि.बाट रातको समयमा कार्यालयको दराज फोडेर ५ लाख १८ हजार २१० रुपैयाँ चोरी भएको हो ।
सहकारीले २ दिनसम्मको कारोबार भएको रकम कार्यालयको दराजमा राखेको र पुष २१ गते अर्थात मङ्गलबार बिहान अफिस खोल्ने क्रममा दराज फोरीएको देखे पछि रकम चोरी भएको थाहा पाएको अध्यक्ष खिलाबहादुर अधिकारीले बताए ।
सहकारीको पैसा चोरी भएको बारेमा प्रहरीलाई जानकारी गराईसकेको सहकारीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।




















