गोरखा – गोरखा नगरपालिकाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती विविध कार्यक्रम गरी ३ दिनसम्म मनाउने भएको छ ।
नगरपालिकामा हिजो (मङ्गलबार) बसेको बैठकले बिभिन्न संघसंस्थासंगको सहकार्यमा ३ दिन सम्म विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।
बैठकले नगरप्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय मुल समारोह समिति समेत गठन गरेको छ । कार्यक्रम अन्तरर्गत पुष २६ गते बिहान प्रतिक्षालय चोकदेखि ठूलो आँगनसम्म सरसफाई कार्यक्रम गर्ने कार्यक्रम तय गरेको छ ।
२७ गते बिहान लियो क्लब अफ गोरखाको आयोजनामा दौड प्रतियोगिता राखिएको छ भने दिउसो सदरमुकामको खेलकुद मैदानदेखि विभिन्न झाकी तथा ¥याली सहित गोरखा संग्रालयमा रहेको पृथ्वी नारायण शाहको शालिकमा पुगेर जन्म जयन्ती मनाउने निर्णय भएको छ ।
कार्यक्रम सम्पन्न गर्नका लागि मञ्चको व्यवस्थापन र व्यानर उद्योग बाणिज्यसंघ गोरखाले गर्ने कार्यक्रम तय भएको छ भने पत्रकार महासंघ गोरखाको संयोजनमा साँझ पृथ्वीनारायण शाहको सालिक परिषरमा दिप प्रज्वलन गर्ने कार्यक्रम राखिएको छ ।
त्यस्तै गरी पुष २८ गते गोरखा जेसिसको आयोजनामा नगरशिक्षा शाखाको सहकार्यमा ‘नेपाल एकिकरणमा पृथ्वी नारायणशाहको योगदान’ शिर्षकमा अन्तर माध्यामिक बिधालयम स्तरीय बक्तृत्व कला प्रतियोगिता गर्ने निर्णय भएको छ ।





















