काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ५२२ संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा मङ्गलबार थप ५२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसंगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।
थप ८ जनाको मृत्यु
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८९३ पुगेको छ ।




















