गोरखा – गोरखाको बुंकोटमा भिरबाट लडेर ७२ बर्षिय बृद्वको मृत्यु भएको छ ।
शहिद लखन गाउँपालिका ७ बुंकोटको थापा गाउँको खाप्दीमा रहेको भिरबाट लडेर स्थानिय तेजबहादुर थापाको मृत्यु भएको हो ।
हिजै राती देखी हराई रहेका थापाको आज उत्त भिरमा मृत्त अवस्थामा फेला परेको वडाध्यक्ष शरन श्रेष्ठले बताए ।
मृत्तक थापाको शव बाटोबाट ५० मिटर तल भिरमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको छ । हिजो राती ८ः३० बजे सम्म पनि स्थानिय संग गफ गरेर घर हिडेका उनी एक्कासी हराए पछि खोजी थालिएको थियो ।
आज बिहान सोही भिरको बाटोमा टोपी देखिए पछि स्थानियले खोजी गर्दा लडेर मृक्त अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
हरीले मृक्तक थापाको घटना स्थल मुचुल्का तयार गरी पोष्टमार्टमकालागि शव गोरखा अस्पताल ल्याईएको छ ।




















