गोरखा – नेपाली सेनाले यो बर्ष पनि पृथ्वी जयन्तीको अवशरमा गोरखा–काठमाण्डौं एकिकरण पदयात्रा सुरु गरेको छ ।
तात्कालिन राजा पृथ्वीनारायण शाहले गोरखा राज्य एकिकरणका क्रममा प्रयोग गरेको मार्ग समेटेर यो बर्ष पनि एकिकरण पदयात्रा सुरु गरेको हो ।
नेपाली सेनाको आयोजनामा भएको यो यात्रा अन्रतर्गत तात्कालिन राजा पृथ्वीनारायण शाहले गोरखा राज्य एकिकरण क्रममा प्रयोग गरेको पदमार्गमा सेनाको एउटा टुकडी गोरखा दरर्बारको हनुमान भञ्ज्याङ देखी राजधानी सम्म पुग्ने नेपाली सेनाको रणसिंह दल गण गाेरखाले जनाएको छ ।
गणले आज गोरखा दरर्बारको हनुमान भञ्ज्याङ देखी गोरखाको बोर्लाङघाट सम्म पुगेर धादिङको देवीदत्त गणलाई झण्डा र टर्च लाइट हस्तान्रतण गर्ने कार्यक्रम रहेको गणपती उज्वल केसीले बताए ।
पद यात्राको क्रममा तात्कालिन राजा पृथ्वीनारायण शाहका पालामा स्थापना भएका श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबाणी र सबुज गणको झण्डा र टर्च लाइट लिएर सेनाको टुकडी आज हिडेका छन् । गोरखा–धादिङ–नुवाकोट हुदै काठमाण्डौं पुग्ने यो पदयात्राका क्रममा सम्वन्धीत जिल्लामा कार्यरत गणहरुले आफ्नो जिल्लाको सिमाना सम्म पुगेर अर्को गणलाई झण्डा र टर्च हस्तान्रतण गर्ने छ ।
यो पदयात्रा पुष २६ गते राजधानीको हनुमान ढोका पुग्ने कार्यक्रम तय गरीएको छ । आज पहिलो दिन गोरखा दरर्बार हुदै जोरचाैतारा–ताप्ले–अश्राङ–बोर्लाङघाट पुगेर सेनाका जवानहरुले धादिङमा कार्यरत गणका जवानहरुलाई सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।
पहिलो दिनमा गोरखा दरर्बारबाट सह सेनानी दलबहादुर थापाको नेतृत्वमा ४० जनाको समूहले पदयात्रा गरेको गणले जनाएको छ । यो पदयात्रा दोस्रो हो । यस अघि २०७६ सालमा पहिलो पदयात्रा गरिएको थियो ।
यात्राका क्रममा बाटोमा पर्ने गाउँलेहरुले झाँकी सहित सेनालाई स्वागत गर्ने कार्यक्रम समेत तय भएको छ ।
टोलीलाई नेपाली सेनाको पश्चिम पृतनापति उपरथी बिनय बिक्रम राणा, न.३ बाहिनीपति सहायक रथी कुमारबाबु थापा, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, भिमसेन थापा गाउँपालिकाका उप प्रमुख बिनु वाग्ले र प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले राष्ट्रिय झण्डा र टर्चलाईट दिएर बिदाई गरिएको थियो ।





















