गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाको ओली समूहको अगुवा कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा गोरखा नगरपार्टीको कार्यालय चाइनिज धारामा ओली समूहको अगुवा कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण सम्पन्न गरेको हो ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओली पक्षिय नेताहरुले संसद बिघटन लोकतन्त्र र संबिधानको रक्षाका लागि गरिएको दावी गरेका छन् । उनीहरुले सरकारले काम गर्न चाहदा चाहदै पनि पार्टी भित्रैबाट घेराबन्दी गरिएको र प्रधानमन्त्री बिरुद्ध अबिश्वासको प्रस्ताव ल्याउन लागिएकोले संसद बिघटन गर्न बाध्य भएको बताए ।
अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एव गण्डकी प्रदेशका मूख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, अनेरास्वबियूका केन्द्रिय सचिव आरसी लामिछाने, बुद्धिजिवी संगठनका केन्द्रीय सदस्य ऋषि खनाल, नेकपा ओली पक्षीय केन्द्रीय कमिटिका सदस्य गोपाल पाण्डे, सुुरेन्द्रबहादुर थापा, सम्झना देवकोटा, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकास मन्त्री रामशरण बस्नेत लगायतले प्रशिक्षण दिनुभएको थियो ।


